राजनीति

उपराष्ट्रपति बन्न नन्दबहादुर पुनको चलखेल शुरु, एकाबिहानै बालकोटमा भयो यस्तो सहमति !

काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको र उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

स्रोतकाअनुसार नयाँ सरकार र अबको राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा पनि छलफल भएको जनाइएको छ । राष्ट्रपति र उपराष्ट्रती दाहोरिने संकेत देखा परिरहेको र विद्या भण्डारीले पनि राष्ट्रपतिका लागि लविङ गरिरहकी छन् । ओली राष्ट्रपति र उपराष्ट्रपति पुरानै दोहोर्याउने दाउमा छन् ।

ओली निकट मानिने भण्डारीले राष्ट्रपति दोहोर्याउनका लागि लबिङ गरिरहेकी छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफलमा व्यस्त रहेको बताइएको छ ।

राष्ट्रपतिले दाहाल परिवारलाई केही दिअगाडि रात्रि भोजका लागि शितल निवास बोलाएकी थिइन् । पछिल्लो समय राष्ट्रपति भण्डारी र अध्यक्ष दहालबीच सम्बन्ध सुधधार हुदै आएको छ । उनीहरुको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । त्यस्तै ओलीको स्वास्थ्य अवस्था बुझ्न बालकोट पुगेका उपराष्ट्रपतिबीच पनि विशेष कुराकानी भएको जनाइएको छ । ओलीले पुनसँग समसामयीक राजनीतिक विषयमा कुराकानी गरेका थिए । उनीहरुबीच पुरानैलाई दोहोर्याएर जाने सहमति भएको स्रोतले बतायो ।

शंकाको विषयमा यहाँ छ कि नियमित स्वास्थ्य परिक्षका लागि बैंकक पुगेका ओलीले नै आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताएका थिए । जब ओलीको स्वास्थ्य अवस्था ठिक हुदाहुँदै उपराष्ट्रपति जस्तो सम्माननीय पदमा पुगेको व्यक्तिले एउटा पार्टी अध्यक्ष जस्तो प्रधानमन्त्री(ओली) लेबलका व्यक्तिलाई भेट्न विरलै मात्र जान्छन् । ओलीले पुरानैलाई तिव्रता दिनेभनेपछि भण्डारी र पुनले राजनीतिक भेटघाटलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले एकपटक आफूहरु नै राष्ट्रपति र उपराष्ट्रपति बन्नुपर्ने मागसहित लविङमा लागेका हुन् । ओलीले पनि यसविषयमा सहमति गरेर अगाडि बढीने भएकाले नअतालिनसमेत आग्रह गरे ।

यता एमालेका वरिष्ठ नेता झलनाथ खनालले अबको राष्ट्रपतिको कार्यकाल आफूले पाउनुपर्ने माग गर्दै आएका छन् । राष्ट्रप्रमुख जस्तो पदमा एउटै व्यक्ति धेरै पटक बस्न नहुने भन्दै नयाँलाई प्राथमिकता दिनुपर्ने माग गर्दै आएको विशेष सुत्रले बतायो ।