खेलकुद

रोनाल्डो बिनाको रियलको जित फलामको चिउरा बराबर, एसेन्सियोको गोल बन्यो निर्णायक

एजेन्सी । क्रिस्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको रियल मड्रिडलाई आजको खेल जित्न फलामको चिउरा बराबर भएको छ ।

स्पेनिस कोपा डेल रे फुटबलमा गएराति पहिलो रोजाइका खेलाडी बिनै मैदान उत्रेको रियललाई जितका लागि निकै संर्घष गर्नुपर्यो ।

मार्को एसेन्सियोको अन्तिम मिनेटको गोलमा रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको हो । बिहीबार राति भएको खेलमा लेगानेसलाई १–० ले पराजित गर्न एसेन्सियोले खेलको ८९औं मिनेटमा निर्णायक गोल गरे ।

मड्रिड पहिलो रोजाइका क्रिस्टियानो रोनाल्डो सहित ग्यारेथ बेल, मार्सेलो र करिम बेन्जिमाबिनै मैदान उत्रिएको थियो । यी दुई टोलीबीचको दोस्रो लेग रियल मड्रिडको घरेलु मैदानमा जनवरी २४ मा हुने छ ।