राजनीति

ओली र हिमानी एउटै जहाजमा नेपाल फर्किएको खुलासा, यस्तोे थियो वास्तविकता !

काठमाण्डौ । नियमित स्वास्थ्य परिक्षणका लागि बैंकक गएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व युवराज्ञी हिमानी शाह एउटै जहाजबाट नेपाल फर्किएका छन् ।

थाइ एयरलाइन्सको जहाजबाट काठमाण्डौ फर्केका एमाले अध्यक्ष ओली चढेकै जहाजमा पूर्व युवराज्ञी हिमानी पनि काठमाण्डौ फर्केकी हुन् । उनीहरु थाइ एयरलाइन्सको टिजी ३१९ नम्बरको उडानबाट काठमाण्डौ फर्केका हुन् ।

१०ः४० को उडानबाट काठमाण्डौं फर्केका उनीहरु बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको गेट नम्बर C ८ बाट प्रवेश गरेका थिए । उनीहरु चढेको जहाज काठमाण्डौस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा १२.४८ मा अवतरण गरेको हो ।

हिमानी बैंककमा अध्ययनरत छोरी प्रेरणालाई पुर्याउन दुई हप्ताअघि बैंकक गएकी थिइन् ।

त्यसमध्ये हिमानी २१ पुषमा बैंककतर्फ उडेकी थिइन् भने ओली ५ दिनपछि २६ पुषमा उपचारका लागि बैंकक पुगेका थिए । ओली र हिमानीबीच बैंकका भेटघाट भएको खबर बाहिर आएको भए पनि त्यसमा सत्यता नरहेको स्रोतले बतायो । उनीहरु एउटै जहाजमा पर्नु संयोग मात्र भएको स्रोत बताउँछ ।

एउटै जहाजबाट अवतरण गरेका उनहिरु ओली विशेष कक्षमा प्रवेश गरेसँगै हिमानी सुटुक्क बाहिरिएकी थिइन् । उनलाई केही राजावादी समर्थकहरुले स्वागत गरेका थिए । उनीहरुबीच केही पनि कुराकानी नभएको बताइएको छ ।

ओलीको पूर्वराजा निकटस्थहरुसँग भेटघाट भएको भन्दै केहि मिडियामार्फत समाचार प्रकाशित भएको थियो । यसैलाई संकेत गर्दै ओलीले आफ्नो उपचारबाहेक अरु कुनै भेटघाट नभएको दाबी गरे ।

‘उपचार गर्न जाँदा मिडियाले राजतन्त्र फर्काउनै गयो भनेर समेत लेख्न भ्याएछन्’, ओलीले भने, ‘जनतालाई सुसूचित गर्ने काम मिडियाको हो तर कथाकारको कमी नभएको देशमा अनेकन कथा बुन्न थालियो । ’