राजनीति

राजधानी माग गर्दै धनकुटा तानवग्रस्त, काँग्रेसका कोषाध्यष दिनेश राईसहित सातजना घाइते

धनकुटा । प्रदेश राजधानीको माग गर्दै गरिएको आन्दोलनका कारण धनुकटा तनावग्रस्त बनेको छ । स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन् कर्फ्यू लगाएको छ ।

साढे ११ बजेदेखि लागु हुने गरी अनिश्चितकालसम्मको लागि कफ्र्यू लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले धनकुटा सदरमुकामस्थित जिरोप्वाइन्ट, श्रीवानी, बिहीबारे हटिया, त्रिवेणी चोकलगायत क्षेत्रलाई निशेषघाज्ञा तोकेको छ ।

त्यसैगरी आन्दोलनकारीले आगो निभाउन हिंडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् ।

प्रहरीको लाठिचार्जबाट नेपाली काँग्रेस धनकुटाका कोषाध्यष दिनेश राईसहित सातजना घाइते भएका छन् । घाइते राईको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा छ टाका लागेको छ । भने अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पछि घर फर्किसकेको धनकुटा अस्पतालले जनाएको छ ।

त्यस्तै आन्दोलनकारीले डिभिजन सहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन् । सो कार्यालयमा रहेको को १ त १०६४ नम्वरको वाइकलाई समेत जलाइएको छ । उच्च अदालत विराटनगर धनकुटा इजलास, सरकारी वकिल कार्यालयको नयाँ भवनको झ्यालको सीसा समेत आन्दोलनकारीले फुटाएका छन् ।