खेलकुद

मेयरकप क्रिकेटः त्रिपुरा टिम विजयी

बैतडी । दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा टिम विजयी भएको छ ।

दशरथचन्द नगरपालिका– ८ त्रिपुराले वडा नं ११ नागार्जुनलाई हराएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा नागार्जुनलाई १०४ रनले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९४ रन बनायो । एक सय ९५ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नागार्जुन ९० रनमा समेटियो ।

शहीद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । टि–ट्वान्टी प्रतियोगिताको विजेताले रु ५० हजार तथा उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गनेछन् । प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टिमको सहभागिता रहेको छ ।