खेलकुद

फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको नयाँ वर्षको पहिलो वरीयतामा नेपालले ६ स्थान सुधार गरेको छ । २०१८ जनवरी महिनाको लागि जारी गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १६५औँ स्थानमा उक्लेको हो ।

दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत ३ स्थान सुधार गर्दै १०२औँ स्थानमा उक्लेको छ । यसैगरी ५ स्थान सुधार गरेको माल्दिभ्स १५०औँ स्थानमा उक्लेको छ ।

एक स्थान गुमाएको भुटान १८८औँ स्थानमा झरेको छ भने बंगलादेश १९७औँ तथा श्रीलंका २ सयौँ स्थानमा यथावत छ ।

विश्व वरियतमा शीर्ष दशमा कुनै परिवर्तन नहुँदा जर्मनी शीर्ष स्थानमा यथावत छ । यस्तै ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो तथा बेल्जियम पाँचौ स्थानमा छन् ।