मनोरञ्जन

यौन पारखीका लागि आयो नयाँ प्रविधि, ‘स्वीज अन’ गर्नुहोस्, मज्जाले यसरी सेक्स गर्नुहोस् !

एजेन्सी । संसारमा नयाँ नयाँ प्रविधिहरु भित्रिरहेका बेला बैज्ञानिकहरुले अनौठा प्रविधि भित्र्याएका छन् । अब यो प्रविधिसँगै यौन पारखीहरुका लागि ज्यादै सहज हुने बैज्ञानिकहरुले विश्वास लिएका छन् ।

गर्भनिरोधका लागि बनाइएका नयाँ नयाँ साधन तथा औषधिहरुलाई माथ दिने गरी जर्मनीका एक बैज्ञानिकले नयाँ प्रविधिको आविस्कार गरेका छन् । जुन प्रविधि यस्तो छ कि ‘स्वीज अफ’ गरेपछि शुक्रकिट बहन नै अवरुद्ध हुन्छ । जव ‘स्वीज अन’ हुन्छ शुक्रकिट पहिले जस्तै यथास्थितिमा बहन सुरु हुन्छ ।

जर्मनीका बैज्ञानिक क्लिमेन्स विमेकले बनाएको ‘विमेक एसएलभी’ नामक यन्त्रले स्वीज दवाउदा ‘भास (शुक्रबाहिनी नलि) बन्द गरिदिन्छ । जसका कारण शुक्रकिटको बहन नै हुदैन । जब ‘स्वीज अन, हुन्छ , शुक्रकिटको बहन यथास्थितिमा देखिन्छ ।

बैज्ञानिक विमेकले यो यन्त्रलाई गर्भनिरोधक यन्त्र समेत भनेका छन् । उनले जन्मान्तरका लागि गरिने स्थायी वा अस्थायी बन्ध्याकरणको विकल्पको रुपमा यो मेसिन ल्याइएको बताएका छन् । विमेक आफैले पनि यो यन्त्रको पुरानो स्वरुप सन् २००९ देखी प्रयोग र परीक्षण गरिरहेका थिए । सन २००९ देखी यताको ६ बर्षसम्म उनले यो यन्त्रलाई परिमार्जन समेत गर्दै आएका छन् ।

पुरुषको अण्डकोषको थैली भित्र छिराउन सकिने सानो आकारमा रहेको यो यन्त्र पिक अप्टिमा भनिने एक प्रकारको पोलिमरबाट बनाइएको हो । यो यन्त्र १.८ सेन्टिमिटर लामो र दुई ग्राम तौल भएको बताइएको छ । अण्डकोषमा यो यन्त्र हाल्न करीब ३० मिनेट लामो सर्जरी गर्नुपर्ने हुन्छ । र दुई तीन दिनमै सामान्य अवस्थामा आउछ ।

विमेकका अनुसार स्वीज अफ गरी यौनसम्पर्क गर्दा हुने आनन्दमा कुनै कमी हुदैन मात्रै मार्टनरमा शुक्रकिट प्रवेश गर्दैन । त्यसकारण यसलाई गर्भनिरोधक मेसिनको उपमा दिइएको हो ।

यो यन्त्र प्रयोग गर्दा उनको शुक्रकिटको संख्या नघटेको उनी आफै बताउछन् । विमेक भन्छन् , ‘यो यन्त्र प्रयोग गर्दा ममा कुनै स्वास्थ्य समस्या देखिएको छैन । यो अण्डकोषमा झुण्डाउदा यो बोकेको आभास समेत हुदैन । र म यो मेसिन जिन्दगीभर प्रयोग गर्नेछु ।’

बजारमा यो यन्त्र ल्याउनु अगाडी विभिन्न तहको परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले अहिले विमेक र उनका सहयोगी यस्ता युवाको खोजीमा छन् । जो यो परीक्षणका लागि राजी हुन्छन् । यद्धपी उनले यहि बर्ष २५ जनामा यो यन्त्रको परीक्षण गर्ने तयारी भएको बताएका छन् ।