खेलकुद

राष्ट्रिय तेक्वान्दो धनकुटामा हुँदै

काठमाण्डौ । राखेप च्याम्पियनसिपअन्तर्गत छैटौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता धनकुटाको हिले उमाविमा बिहीबारदेखि हुँदैछ ।

प्रतियोगितामा पुरुष-महिलातर्फ ग्योरोगी र पुम्सेमा गरी जम्मा २७ स्पर्धामा प्रतिस्पर्धा हुने राष्ट्रिय तेक्वान्दो संघ, नेपालका महासचिव राजकुमार कार्कीले जानकारी गराए । पाँच विकास क्षेत्रबाट ८५ पुरुष र उत्तिनै महिला गरी १ सय ७० खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिताको औपचारिक उद्घाटन भने शुक्रबार मात्र हुनेछ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।