खेलकुद

खो खोमा आर्मीको दोहोरो जित

काठमाण्डौ । नेपाल आर्मीले राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय खो खो प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हात पारेको छ ।

रुपन्देहीको रुद्रपुरस्थित गुराँस खेल मैदानमा भएको पुरुषको प्रतिस्पर्धामा आर्मीले पूर्वाञ्चललाई ११–८ ले पराजित ग¥यो । महिलामा आर्मीले मध्यमाञ्चललाई ११–३ ले हरायो । आर्मी दुवै समूहको साविक विजेता हो ।

महिलाको अर्को प्रतिस्पर्धामा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीचको खेल १७–१७ को बराबरीमा टुंगियो । पुरुषको अर्को लिगमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चलमाथि १७–११ को जित निकाल्यो ।