राजनीति

प्रदेश नं.५ को राजधानी दाङ नतोक्नु निन्दनीय कार्य : अपार

तुलसीपुर । नेकपा माओवादी केन्द्र दाङका नेता जंगप्रसाद शर्मा ‘अपार’ले प्रदेश नं.५ को अस्थायी राजधानी दाङ नतोक्नु बर्तमान सरकारको निन्दनीय कार्य भएको वताएका छन् ।

बुधबार एक बिज्ञप्ति जारी गरी उनले प्रदेश नं.५ को राजधानीको केन्द्र दाङमा पर्ने भएपनि बर्तमानसरकारले अवैज्ञानिक र अब्यबहारिकरुपमा रुपन्देही बनाउनु निन्दनीय कार्य रहेको बताएका हुन् ।

उनले नेताको पहुँचको भरमा राजधानी तोक्दा रुकुम पुर्ब, बर्दिया लगायतका नागरिक मारमा पर्ने भन्दै राजधानी सबैको केन्द्र पर्ने ठाउँमा हुनुपर्ने वताए ।

हरेक हिसाबले प्रदेश नं. ५ को राजधानी दाङ उपर्युक्त हुँदाहुँदै पनि दाङबाहेक अन्य ठाउमा अस्थायी मुकाम तोकिनु सरासर गलत कार्य भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्रका सचिबालय सदस्य समेत रहेका अपारले केन्द्रीय राजधानी बन्न उपयुक्त रहेको दाङलाई प्रदेशको राजधानी नबनाउनु बर्तमान सरकारको निन्दनीय कार्य रहेको बताए।

रुपन्देहीलाई ब्यापारिक, पर्यटकीय र औद्योगीतथा नेपालगंजलाई ब्यापारिक र औद्योगीक केन्द्रबनाएर दाङलाई राजधानी बनाएमात्रै प्रदेश नं. ५ बासीको न्याय हुने उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले रुपन्देही सुरक्षाका दृष्टिले पनि उचित नभएकाले प्रदेश नं. ५ को अस्थायी राजधानी सच्चाउन माग गरेका छन् । उनले यदि माग सुनुवाई नभए आठांै प्रदेशको जन्म गरेर भएपनि प्रदेशको राजधानी दाङ बनाउन कसरत थाल्ने बताएका छन् ।