मनोरञ्जन

गायक दिपक थापा मगरको ‘कति राम्री छौं’ गीतको भडियो सार्वजनिक

विराटनगर । लोकदोहोरी क्षेत्रका चर्चित गायक दिपक थापा मगर र निशा पोखरेलको नयाँ गीत ‘कति राम्री हौ’ को भिडियो सार्वजनिक भएको छ ।

यसअघि पनि निकै चर्चित गीत दिएर लाखौं दर्शक तथा स्रोताको मन जित्न सफल गायक दिपक थापा मगर, नेपाली दोहोरी क्षेत्रमा निकै राम्रो सम्भावना बोकेकी गायिका निशा पोखरेलको ‘कति राम्री हौ ’ दर्शक तथा श्रोताले आफनो मनमा राख्ने गायिका निशाले बताइन् । विन्धवासिनी म्युजिक प्रालिले बजारमा बुधबारबाट ल्याएको छ ।

‘कति राम्री हौ ’ बोलको गीतको भिडियोमा साया भण्डारी, प्रेम केसी र सुमन रिजालको अभिनय देख्न सकिन्छ । गितको भिडियोलाई अहिलेका निकै ब्यस्त तथा चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अजय रेग्मीको छायांकन र रमित ओलीको सम्पादन कार्य गरेका छन् ।

गीतमा संगीतकार रमेश परियार र नारायण सुनारको संगीत रहेको छ । गीतलाई कपिल विसीले लेखेका हुन् ।

तलको भिडियो लिंकमा क्लिक गरी हेर्नुहोस्–