पर्यटन/संस्कृति

टुँडिखेलमा गरिने ल्होछार कार्यक्रम माघ ४ र ५ गते भृकुटीमण्डपमा हुने

काठमाडौ। तामाङहरुको नयाँ वर्ष २८५४ खि नगि ल्हो कुकुर बर्ष सोनाम ल्होछार कार्यक्रम यही माघ २, ३ र ४ गते टुँडिखेलमा गर्ने भनिए पनि प्राबिधिक कारणले गर्दा यही माघ ४ र ५ गते अर्थात बिहीबार र शुक्रबार भृकुटीमण्डपमा पुर्व निर्धारित कार्यक्रमहरु गरिने भएको कुरा सोनाम ल्होछार मुल समारोह समितिको संयोजक वीर बहादुर योजनले जानकारी दिएको छ।

साथै ४ र ५ गते सम्पुर्ण सोनाम ल्होछार प्रेमी तामाङ समुदायलाई भृकुटीमण्डपमा आउनु हुन समेत हर्दिक अपिल गरेको छ।

हेर्नुहोस् भिडियो