सूचना प्रविधि

आज रातभर टेलिकमका भ्वाइस, एसएमएस र रिचार्ज सेवाहरु अवरुद्ध हुँदै

काठमाण्डौ । नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा आज राति अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन् ।