पु.समाचार

सरकारले सातै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्यो (सूचीसहित)

काठमाण्डौ । मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ । कानूनमन्त्री यज्ञबहादुर थापाकाअनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।

प्रदेश प्रमुखहरु पनि तोकिएका छन् । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख तोकिएका छन् ।

सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन मतपरिणाम सार्वजनिकमा ढिलाई भइरहेको बताएको निर्वाचन आयोगका लागि पनि बाटो फुकेको छ ।