राजनीति

राष्ट्रिय सभा निर्वाचनमा एमाले–माओवादीबीच ४३ सिटमा भागबन्डा, कसलाई कति ?

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवार संख्याको भागबण्डा गरेका छन् ।

५६ सिटमध्ये शतप्रतिशत जित हासिल गर्ने दाबीका साथ ४३ सिटमा उमेदवारी दिने त्यसमा पनि २९ एमाले र १४ माओवादी उमेदवार रहने संयुक्त कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार उमेदवार चयनका लागि ४ वटा आधार बनाइएको छ । ती आधारहरुमा चुनावमा पार्टीले प्राप्त गरेको मत, एकताको स्प्रिट, दुवै पार्टीबाट आवश्यकता र औचित्यका आधारमा सन्तुलन मिलाएर टिकट दिइने उनले जानकारी दिए ।

बाँकी रहेका १३ सिटमा अन्य राजनीतिक दलसँग पनि छलफल गरेर उमेदवार दिने विषयमा कार्यदलले निर्णय गरेको छ ।