खेलकुद

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा शिक्षा र शोभाको विजय सुरुवात

काठमाण्डौ । एपिएफकी शिक्षा श्रेष्ठ र शोभा गौचनले राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तरगत भएको ३९ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन्

शिक्षाले सुदूरपशिचमकी निलिमा महरालाई २३–२१, २१–५ ले र शोभगौचनले प्रशुन्ता खत्रीलाई २१–७, २१–१२ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

महेन्द्रनगरस्थित कभर्डहलमा भएको प्रतियोगितामा मध्यमाञ्चलकी तारा आलेले पश्चिमाञ्चलकी आकृती के.सी.लाई २१–८, २१–१९ले पराजित गरिन् । यस्तै पूर्वाञ्चलकी सुनैना मुखियाले सुदूरपश्चिमकी विष्णा बिष्टलाई २१–११, २१–१४ले, पूर्वाञ्चलकी सिमा राजबंशीले मध्यपश्चिमकी पुष्पा शाहीलाई २१–४, २१–५ले, सेनाकी अनुमाया राईले मध्यपश्चिमकी कामना ओलीलाई २१–४, २१–३, मध्यमाञ्चलकी सोफी खत्रीले पश्चिमाञ्चलकी सुन्दरा खनाललाई २१–१२, २१–७, पूर्वाञ्चलकी निता लम्सालले पश्चिमाञ्चलकी सकुन्तला भुषाललाई २१–१०, २१–९, सेनाकी रशिला महर्जनले मध्यपश्चिमकी रितु लिगललाई २१–६, २१–६ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरेका छन् ।

अन्य खेलमा मध्यमाञ्चलकी श्रेया प्रधानले मध्यमाञ्चलकी सुईजोङ्ग जि.एम.लाई २१–३, २१–३, एपिएफकी सिता राईले मध्यमाञ्चलकी मनिषा खड्कालाई २१–१३, २१–१२, पूर्वाञ्चलकी जेशिका गुरुङ्गले सुदुरपश्चिमकी रञ्जना भट्टलाई २१–७, २१–११, मध्यपश्चिमकी दूर्गा शर्माले पश्चिमाञ्चलकी सुन्दरी थारुलाई २१–६, २१–१० ले तथा सेनाकी अमिता गिरीले मध्यमाञ्चलकी महिमा श्रेष्ठलाई २१–५, २१–२ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका छन् ।

मंगलबार भएको पुरुष तर्फको क्वालिफाईङ्ग राउण्डबाट आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै पश्चिमाञ्चलका विश्वास नेपाल र विशाल खड्का, पूर्वाञ्चलका प्रनिश सिंह ठकुरी र सुदूरपश्चिमका चिरण बिष्ट मुख्य प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा सुदूरपश्चिमका उदियमान खेलाडी दिपेश धामीलाई नगद १५ हजार सहित सम्मान गरिएको थियो । यस्तै सुदूरपश्चिममा ब्याडमिन्टन खेलको विकासमा पु¥याएको सहयोगको लागि क्षत्रनारायण खत्रीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

पाँच विकास क्षेत्र र तीन विभागिय टोलीको सहभागिता रहेको प्रतियोगितामा पुरुष महिला एकल तथा जोडी मिक्स जोडी र पुरुष महिला टिम ईभेन्टसमा खेला खेलाईने छ । प्रत्येक क्षेत्रमा ७ पुरुष र ५ महिला गरि ५६ पुरुष र ३५ महिला खेलाडीहरुको सहभागिता रहेकोछ । जसमा पुरुष टिमले महिला टिम ईभेन्टसमा सहभागिता जनाएको छैन ।