खेलकुद

ब्राजिलियन फुटबलर रोनाल्डिन्होद्वारा सन्यासको घोषणा

एजेन्सी । ब्राजिलियन फुटबलर रोनाल्डिन्होले फूटबल जीवनबाट सन्यास लिएका छन् । ३७ वर्षीय रोनाल्डिन्होले सन् २००२ मा बाजिलको विश्वकप टोलीमा थिए । सन् २००५ मा बालोन डि ओर जितेका उनले २००६ माबार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उलाचेका थिए ।

उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्मानमा ब्राजिल, युरोप र एसियामा श्रृखलावद्ध खेल गर्ने बताए ।

रोनाल्डिन्होले ब्रजिलमा ग्रेमियोबाट आफ्नो करियर सुरु गरेका थिए । २००१ मा पेरिस सेन्ट जर्मेन गए । २००३ मा बार्सिलोना गएका उनले त्यहाँ ५ वर्ष विताए, त्यो अबधिमा च्याम्पियन्स लिगका साथै दुई ला लिगा पनि जिते । त्यसपछि एसी मिलान गएका रोनाल्डिन्होले २०१०/११ मा सिरी ए जिते ।

२०११ मा उनी ब्राजिल फर्किए र केही सिजन फुटबल खेले । उनी २०१४ मा मेक्सिको गए । रोनाल्डिन्होले त्यहाँ अन्तिम खेल फ्लूमिनेज्जबाट खेलेका थिए ।

उनी अहिले पूर्व क्लब बार्सिलोनाको दूत छन् ।