मनोरञ्जन

गायिका जुना प्रसाईको ‘तारा बाजी लै लै ’ सार्वजनिक

रोशन पोखरेल

विराटनगर । गायिका जुना प्रसाईको आवाजमा रहेको निकै मनछुने गित ‘तारावाजी लैै लै’बोलको गीतको अडियो र भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

बाल्यकालको रमाइलो क्षणलाई याद गदै उनले गित गाएकी छन ।

‘तारा बाजी लै लै ’बोलको गीतलाई नयाँ वर्ष २०१८ को पहिलो भिडियोको रूपमा आफ्नै युट्युब च्यानलबाट उनले सार्वजनिक गरेकी छन् । दिपक शर्माको शब्द, संगीत, उदयराज पौडेलको एरेन्जमा रहेको गितलाई आमदर्शकले निकै मन पराउने गायिका जुनाले बताइन ।

‘तारा बाजी लै लै’ भिडियोमा गायिका आफैले अभिनय गरेकी छन । युवराज बाइवाको निर्देशक रहेको यस भिडियोमा उत्सव दाहालको छायाङ्कन र निसान घिमिरेको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियोः

https://www.youtube.com/watch?v=msZl6ht3u_n