पु.समाचार

२२ घोडा चोरेको आरोपमा धर्मराज पक्राउ

अछाम । २० लाखभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेको अभियोगमा हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको बलिया बलचौरबाट २२ घोडा चोरी गरी अछाम पु¥याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । चोरीका घोडा कैलालीको सुगरखाल हुँदै अछामतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी भैरवस्थानको टोलीले सन्ज्याललाई पक्राउ गरेको हो ।

हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अदानलचुली गाउँपालिकाका ती घोडा सन्ज्यालले गत पुस २६ गते चोरी गरी अछाम पु¥याएका थिए । अभियुक्त सन्ज्याललाई सोधपुछपछि घोडासहित इलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाइएको जनाइएको छ ।