राजनीति

एमाले स्थायी कमिटिको बैठक बस्ने मिति टुंगो लाग्यो

काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा डाकिएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा रहेको बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न थाइल्याण्डको राजधानी बैंकक गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठक दिउँसो ३ बजे बोलाइएको सचिव श्रेष्ठले जानकारी दिए ।