आर्थिक

सेयर कारोबार १७ अंकले घट्यो

काठमाण्डौ । सेयर कारोबार भएको यस साताको दोस्रो दिन नेप्से १७ अंकले घटेको छ ।

आइतबार ९ अंकले ह्रास आएको नेप्से सोमबार बजार बन्द भई मंगलबार कारोबार हुँदा थप १७ अंकले ह्रास आएको हो । मंगलबार एक हजार ४३१ अंकबाट कारोबार सुरु भएकोमा दिनभरमा १७ दशमलव ३९ अंकले ह्रास आएपछि एक हजार ४१३ दशमलव ७१ अंक कायम रहेको छ । यस दिन क वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा ३ दशमलव ७९ र सम्पूर्ण सेयरपत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स एक दशमलव २२ अंकले ह्रास आएको छ ।

समूहगत परिसूचकतर्फ पनि कुनै परिसूचकमा पनि हरियो अक्षर (उकालो लागेको संकेत) देखिएन । नेप्सेमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंकअन्तर्गतका परिसूचकमा १२ दशमलव ३ अंकले ह्रास आयो । त्यस्तै सबैभन्दा बढी जलविद्युतअन्तर्गतका परिसूचकमा पनि १०० दशमलव ०८ अंकले ह्रास आएका छन् ।

३६ करोड २२ लाखको कारोबार आइतबार जम्मा ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन १५४ कम्पनीका चार हजार ४२१ रुपैयाँ बराबरका आठ लाख ११ हजार ७५९ कित्ता सेयर किनबेच भए । यस दिन धेरै कमाउने पाँच कम्पनीमध्ये एनआईबीएल प्रगति फण्ड, माहुली सामुदायिक लघुवित्त संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

यसैगरी धेरै गुमाउनेहरूमा सिन्धु विकास बैंक, चिलिमे हाइड्रो पावर कम्पनी, बुटवल पावर कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् । सबैभन्दा धेरै कारोबार गर्ने पाँच संस्थामा सानिमा माई हाइड्रो पावर लिमिटेड, नबिल बैंक लिमिटेड, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ कम्पनी लिमिटेड प्रमोटर सेयर रहेका छन् ।