आर्थिक

ज्योति विकास बैंकको कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

काठमाण्डौ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । ज्योति बैंकको संचालक समितिको ज्ञावालीलार्इ नयाँ सिइओमा नियुक्त गरेको हो ।

ज्ञवाली यसअघि ज्याति विकास बैंकमै डेपुटी सिइओको रुपमा कार्यरत थिए । बैंकका तत्कालीन सिइओ कृष्णबहादूर कुँवरले छाडेपछि संचालक समितिले ज्ञवालीलाई नियुक्त गरेको हो ।

उक्त बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाको इजाजतपत्र प्रदान गरेको छ ।

विक्रम सम्वत् २०७३ सालमा ज्योति विकास बैंकसँग झिमरूक विकास बैंक लिमिटेड मर्ज भई एकीकृत कारोबारको थालनी भएको हो ।