समाचार

किन राजधानीमा अझै सवारी दुर्घटना कम हुन सकेन ?

माघ २ । किन अझैसम्म पनि उपत्यकाभित्र दुर्घटना कम हुन सकेन । हरेक क्षेत्रमा कडा बढार्इ रहँदा पनि किन याेे समस्या बढिरहेकाे छ ? ट्राफिक प्रहरी दिनरात नै मापसे चेकिङमा कडारूपमा तैनाथ रहँदा पनि किन न्यून हुन सकेन राजधानीमा सवारी दुर्घटना ।

दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

मापसे चेकजाँचपछि ७७१ को मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।

(ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे कारबाही कडाइ नगरेको भए दुर्घटना र मृत्यु हुनेको संख्या अझ बढ्ने दाबी गरे ।

यी हुन् ‘ब्ल्याक स्पट’

उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ ।

महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदरबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघारी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

मापसे चेकजाँच गर्नुभन्दा अघिल्लो पाँच वर्ष

०६४–६५ – दुर्घटना २२११, मृत्यु १२०
०६५–६६– दुर्घटना २७६५ , मृत्यु १३७
०६६–६७– दुर्घटना ४१०४ , मृत्यु १४६
०६७–६८ दुर्घटना ४९१४, मृत्यु १७१
०६८–६९ दुर्घटना ५०९६ , मृत्यु १४८
जम्मा दुर्घटना १९०९०, मृत्यु हुने ७२२

मापसे चेकजाँचपछिको पाँच वर्ष

६९–७० दुर्घटना ४७७० , मृत्यु १४७
०७०–७१ दुर्घटना ४६७२ मृत्यु १४३
०७१–७२ दुर्घटना ४९९९ , मृत्यु १३३
०७२–७३ दुर्घटना ५६६८ , मृत्यु १६६
०७३–७४ दुर्घटना ५५३० , मृत्यु १८२
जम्मा दुर्घटना २५६३९, मृत्यु हुने ७७१

आजको नयाँ पत्रिकामा खबर छ ।