सूचना प्रविधि

आईएमईआई नम्बर दर्ता नभएमा सिम नै चल्ने : नेपाल दूरसंचार

काठमाडौं माघ १ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वर्षबाट नयाँ मोबाइल खरिद गर्दा अनिवार्य आईएमईआई नम्बर दर्ता गर्नुपर्ने नियम लागु गरेको छ ।

आईएमईआई नम्बर दर्ता नभएको मोबाइलमा सिम कार्ड नचल्ने जानकारी दिंदै प्राधिकरणले मोबाइलको अबैध कारोबार रोक्न नयाँ नियम ल्याईएको स्पष्ट पारेको छ ।

आईएमईआई सुरु भएको २० महिनामा १ करोड ६९ लाखले मात्र दर्ता गराएकाले प्राधिकरणले बैशाख एक गतेबाट सो नियम ल्याउन लागेको हो । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालमा प्रयोग हुने मोबाइल मध्ये १० प्रतिशत मात्र वैधबाटो भएर भित्रने गरेकाले कडाईं गर्न जरुरी रहेको बताए ।

केही वर्ष अघिसम्म सो संख्या ६० प्रतिशतसम्म थियो । उनले नयाँ नियम लागु भएपछि नेपालमा वार्षिक भित्रने मोबाइलको संख्या यकिन हुनुका साथै मोबाइल चोरी समेत नियन्त्रण हुने दावी गरे ।

सो प्रणालीका लागि परामर्शदाता नियुक्त गरेर प्राप्त सुझावका आधारमा योजना कार्यान्वयन गर्ने अध्यक्ष झाको भनाई छ । पत्रपत्रिकाबाट