मनोरञ्जन

हाई वजेट हाई क्वालेटीमा ‘क्रिमिनल’ को माघी पर्वको अवसरमा शुभ मुहुर्त सम्पन्न

माघ २ । नेपाली चलचित्र ‘क्रिमिनल’ बन्ने भएको छ । माघी पर्वको अवसर पारेर सोमबार विहान राजधानीमा मुहूर्त गरेसँगै चलचित्र ‘क्रिमिनल’ बन्ने भएको हो ।

नेपाल चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा सोमबार राजधानी एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहूर्त सम्पन्न भएको हो ।

मुहूर्त सामारोहमा उत्तम केसीले क्ल्याप हानेका थिए भने सञ्चारकर्मीद्वय कृष्ण भुसालले नरिवल भोडेका थिए भने सानुकाजी श्रेष्ठले क्यामेराको स्विच अन गरेका थिए । किशोर खतिवडा, अनु पराजुली, सानिया खान र मोहन केसीले मुहूर्त सर्ट दिएका थिए ।

अर्नभ फिल्मस् प्रोडक्शनको तेस्रो प्रस्तुतीका प्रस्तुतकर्ता अर्नभ बस्नेत, निर्माता सिताराम तिमल्सिना ‘ज्याक’, कार्यकारी निर्माता राजन परियार रहेका छन् ।

यही माघ १२ गतेदेखि छायांकन सुरु गरिने ‘क्रिमिनल’को छायांकन पूर्वाञ्चलको विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।

अमृतमान महर्जनको निर्देशन रहने यो चलचित्रमा भरत बस्नेतको सङ्गीत, शंकर महर्जनको द्वन्द, हरिस खनाल तथा गौरब गिरीको नृत्य र रामेश्वर हुमागाईंको छायांकन रहने छ ।

चलचित्रमा किशोर खतिवडा, अनु पराजुली, रामचन्द्र अधिकारी, सानिया खान, मोहन केसी, सुरेन्द्र चापागाईं, उग्रसेन ढुंगाना, शंकर शाह, सम्राटजंग थापा, क्रान्तिजंग बराईली, शान्ति भट्टराई, दिव्य नेपाललगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ ।

चलचित्रले समाजमा घट्ने अपराधिक घट्नाक्रमलाई मुख्य विषयवस्तु बनाएको निर्माण पक्षको भनार्ई छ ।