प्रवास

नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाईं नियुक्त

दोहा । शुक्रवारका दिन कतारको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरि अध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसै गरि डा. देवकाजी डंगोल संरक्षक रहने गरि उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सि. रहेका छन् भने महासचिव सागर नेपला, सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषध्यक्ष चुडामणी कार्की चैन भएको छ । सदस्यहरुमा नविन सत्याल, डा. नितेस अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, बिकाश प्रसाइ, पुर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् ।

नव गठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेश प्रशाद कोईरालासंग प्रत्यक्ष भेटघाट गरि संघको बारे जानकारी गराएकोथियो । उक्त भेटघाटमा राजदूतले नव गठित व्यवसायीहरुलाई बधाई तथा कार्य सफल्ताको कामना दिएका थिए ।

कतारमा विगत सन २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्य पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारि व्यवसायीहरुलाई लगानि गर्नको लागि पहल गर्ने जल्ले गर्द नेपालको आर्थिक विकाशमा टेवा पुग्ने विश्वस्तका साथ नेतृत्व लिएको चौलागाईंले बताएका छन् ।

कतारमा करिव एक हजार भन्दा वढी नेपाली व्यवसायीहरु रहेका अनुमान गर्न सकिन्छ । करिव चार लाख नेपालीहरु कार्यरत तथा ईन्डियन व्यवसायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्य न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरुको शिर उच्च राख्न सफलभएको छ ।