अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञ अमेरिका जाने, कारण यस्तो

सोल । दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिक अमेरिकाको भ्रमणमा जान लागेको समाचारमा जनाइएको छ ।

उपविदेशमन्त्री लिम सोङ नाम यही मङ्गलबार अमेरिका जान लागेका छन् । उनले आगामी शनिबारसम्म नै अमेरिकाको भ्रमण गर्नेछन् ।

विशेषगरी पछिल्लो समयमा उत्तर र दक्षिण कोरियाबीच द्विपक्षीय उच्चस्तरीय वार्ता जारी रहेकै बेला दक्षिण कोरियाली उच्च कूटनीतिज्ञको अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नामले अमेरिकामा रहँदा अमेरिकी उपविदेश मन्त्री जोन सुलिभानसँग भेटवार्ता गर्ने बताइएको छ ।

त्यस भेटका क्रममा उनले हालै भएको दक्षिण र उत्तर कोरियाबीचको उच्चस्तरीय वार्ता र त्यसको प्रगतिका विषयमा उप विदेशमन्त्री सुलिभानलाई जानकारी दिने बताइएको छ ।

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता भएको छ भने दुई देशका अधिकारीबीच सोमबार पनि सोलमा वार्ता भएको छ ।