राजनीति

ओली र मैले जनताको आकांक्षाअनुसार अगाडि बढ्ने संकल्प गरेका छौंः अध्यक्ष दाहाल

काठमाण्डौ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादीबीच हुने पार्टी एकताबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।

सोमबार तारेभीर महोत्सवको उद्घाटन गर्दै उनले जनतासामू गरिएको संकल्पअनुसार कम्युनिष्ट केन्द्र बलियो बनाउनुपर्ने विकास निर्माणको युग शुरु गर्नुपर्ने बताए ।

‘एमाले अध्यक्ष केपी शर्मा ओली र मैले हामी कुनै पनि मूल्यमा पछि नफर्कने र जनताको आकांक्षाअनुसार अगाडि बढ्ने संकल्प गरेका छौं ।’ उनले भने ।

उनले कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरिसकेकाले अब कार्यान्वयन गर्ने जिम्म नेतृत्वको भएको दाबी गरे ।

उनले ७० वर्षपछि नयाँ सरकार गठन हुन लागेको भन्दै नयाँ सरकार गठनसँगै विकासले गति लिने बताए ।