खेलकुद

भुटानद्वारा भारत पराजित

पोखरा । पोखरा बाराहीघाटस्थित मैदानमा जारी १२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगितामा भुटानले भारतलाई पराजित गरेको छ । पहिलो दिन नेपालसंग चार सुन्य गोल अन्तरले पराजित भुटानले दक्षिण एशियाको फुटबलको शक्तिशाली राष्ट्र भारतलाई २ – ० गोल अन्तरले पराजित गर्दै फाईनल यात्राको आशा कायम गरेको छ ।

भारतको लागि आजको खेलमा भुटानका गोल रक्षक अनिल दुवारा बाधक बने । भारतका खतरनाक चार बललाई उनले नाकाम बनाई दिए । भुटानका लागि म्यान अफ दि म्याचर राकेश दासले खेलको तीसौं मिनटमा गोल गर्दै दवाव सिर्जना गरे । ४१ औं मिनटमा गलाम रङ्गमीले दोश्रो गोल गर्दै जित सुनिश्चित गरे । म्यान अफ दि म्याच राकेशलाई नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव दिन नाथ बरालले ट्रफी प्रदान गरे ।

सेभेन ए साईड नेपालको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा पाकिस्तानले मालदिभ्सलाई २ – १ गोल अन्तरले पराजित ग¥यो । यसमा साथै मालदिभ्स प्रतियोगिताबात बाहिरिएको छ । पहिलो दिन बंगलादेशसंग निरिह बनेको मालदिभ्सले राम्रो खेल प्रर्दशन गरेतापनि जितलाई आत्मसाथ गर्न सकेन र प्रतियोगिताबात बाहिरियो ।

पाकिस्तानका लागि खेलको पहिलो हाफको २२ औं मिनटमा सामीले र २५ औं मिनटमा वालिदले गोल गर्दै जित निकाले । दोश्रो हाफको ८ औं मिनटमा मालदिभ्समा डि जोनले गोल गरेर गोल अन्तरलाई कम गरेता पनि अर्को गोल हुन नसके पनि मालदिभ्सले खेलमा पूर्णबिराम लगायो ।
भोलीको खेल नेपाल र भारत तथा दोश्रो खेल पाकिस्तान र बंगलादेश विच हुने छ ।

प्रतियोगितामा विजयी टिमलाई नगद २ लाख र उपविजेता टोलीलाई नगद १ लाग पुरस्कार प्रदान गरिने सेभेन ए साईड महासंघ नेपालका महासचिव डि.बि. नेपालीले जानकारी गराए ।