राजनीति

काँग्रेसको समर्थनमा यसरी बन्दैछन् अध्यक्ष दहाल तेस्रो पटक प्रधानमन्त्री !

काठमाण्डौ । मंसिर १० र २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनका लागि बनेको एमाले माओबादी तालमेल जुनसुकैबेला तोडिने देखिएको छ । निर्वाचन पश्चात सत्ताको नेतृत्व र राष्ट्रिय राजनीतिक शक्ति समीकरणका बारेमा तीब्र बहस भईरहेका छन् । मुलुककै सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा नेकपा एमाले उदाएको छ भने दोश्रो र तेश्रोमा नेपाली काँग्रेस्र र माओबादी केन्द्र बनेका छन् ।
पााच बर्षका लागि प्रस्ट चित्र दलको स्तर भने जनताले स्पष्ट पारिदिएका छन् । सम्भवतः यो मुलुकका तीन ठूला राजनीतिक शक्ति अब नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र भएका छन् र चुनावलगत्तै बन्ने नयाँ सरकारमा यी दलका अतिरिक्त संघीय समाजवादी फोरम, राजपाले पनि जनताबाट राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने पार्टीको रुपमा स्थापीत गरिदिएका छन् ।
एमाले देशकै सबैभन्दा ठूलो पार्टी बनेको तर बहुमत ल्याउन नसकेको, माओबादी केन्द्र तेस्रो ठूलो पार्टी भएपनि एमालेलाई बलियो बनाउन सबैभन्दा महत्वपूर्ण भूमिका निभाउन सक्ने दलको रुपमा स्थापीत भएको, काँग्रेस प्रमूख प्रतिपक्षी दलको रुपमा बस्ने जनताको अभिमत लगभग निश्चित भएको जस्ता निर्बाचनका परिणामहरु देखिएका छन् ।

एमाले र माओबादी तालमेल ?
एमालेका सिनियर नेताहरुले माओबादीकेन्द्रसँग एकीकरण गर्दा एकीकरणपछिको अध्यक्ष पुष्पकमल दहाललाई दिन इन्कार गरिरहेका छन् । एमाले महासचिव ईश्वर पोख्रेलले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै ब्यक्ती हुनुपर्छ भन्ने महासचिब ईश्वर पोख्रेलको भनाईबाट शुरु भएको पार्टी अध्यक्षको बहसमा माओबादीका नेताहरु सन्तुष्ट देखिदैनन् । माओबादी केन्द्र निकटका नेताहरुको भनाईमा एमालेले पुष्पकमल दहाललाई अध्यक्ष नदिए पार्टी एकीकरण हुदैन, काँग्रेस र मधेशबादी दलहरुको संयुक्त सरकारमा दहाल प्रधानमन्त्री बन्छन् र त्यसबेला एमाले प्रतिपक्षी दलको रुपमा बस्नुपर्ने हुन्छ । एक नेताका अनुसार एमालेले अलि बढी दम्चभ गरिरहेको छ, उक्त दम्भले सीमा नाघे माओबादी केन्द्रको लचकता तोडिन सक्छ, र काँग्रेससंग मिलेर सरकार बन्न सक्छ ।

एमाले नेताहरु भने बाम एकता हुनमा ढुक्क छन्, ढुक्क भएपनि आन्तरिक तयारी भने फितलो देखिएको छ । एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुलाई गर्ने व्यवस्थापनदेखि सैद्धान्तिक र राजनीतिक विषयलाई गर्ने सम्बोधन माओबादी केन्द्रले पचाउन सकेको छैन । मुलुकको राजनीतिक यात्राको अझै चित्र प्रस्ट देखिन सकेको छैन, राट्रिय सभाको निर्बाचन आउन अझै २५ दिन बचाँकी छ, त्यपछि समानुपातिकको नाम सार्बजनिक हुन, सरकारले राजीनामा दिएर नयाँ सरकार बन्न अझै डेढ महिना लाग्न सक्छ, काँग्रेस नेताहरुले समेत फाल्गुण७ गतेको प्रजातन्त्र दिबश मनाएरमात्र बिदा हुन्छौं भनेका छन् त्यसबाट पनि नयाँ सरकार बन्न अझै समय लाग्ने मार्गचित्र स्पष्ट देखिन्छ ।

चुनाव सकिएलगत्तै एमाले अध्यक्ष ओलीले माओबादी केन्द्रका बिरुद्धमा टिप्पणी नगरेपनि पुष्पकमल दहाल र माओबादी जनयुद्धलाई स्वीकार्न नसकिने एमालेका माथील्लो स्तरका नेताहरुबाट आउनुपनि बाम एकतामा अशर गर्ने अर्को म”ख्य कारण तत्व हो । निर्बाचन अघि वाम तालमेल हुदा ओली र दाहालले पार्टी एकता भएपछि एकजनाले पार्टी चलाउने र अर्कोले सरकारको नेतृत्व लिने सहमति गरेका थिए । एमाले अध्यक्ष ओली नियामीत उपचारका क्रममा बिदेशमा छन्, माओबादी अध्यक्ष दहाल बाम एकताको बिषयमा केहिदिनदेखी कतै बोलेका छैनन्, अझै नयाँ सरकार बन्न धेरै समय भएकोले बाम सरकार नै बन्छ भन्ने कुरामा बिश्वास गरिहाल्ने अवस्था नतरहेको बिश्लेशकहरुको दाबी छ, निर्बाचन अगाडि देउवासँगको सहकार्य तोड्दै ओलीसंग तालमेल गरेका पुष्पकमल दहालले निर्बाचन पश्चात समेत राजीनान नगराएका माओबादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई राजीनामा गराएका छन्, उक्त राजीनामामा पनि रहस्य भएको बताईन्छ । त्यसकारण पनि ओली समेत मौन रहनु र दाहालले पनि टिप्पणी नगर्नुले वाम गठबन्धनको सहयात्रानै धरापमा पर्न सक्ने राजनीतिकबृतमा अनुमान लगाउन थालिएका छन् ।

अबको सरकार र सत्तायात्रामा जोडिने अर्को महत्वपूर्ण विषय भनेको कांग्रेससँगको सहयात्राको सवाल हो । नेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानो मात्र होइन मुलुकमा शान्ति स्थापना कार्य र नयाँ संविधान निर्माण गर्दै त्यसको कार्यान्वयनलाई यो यात्रासम्म नेतृत्व गर्ने पार्टी हो । प्रधानमन्त्री शेरबहादुर देउवाले यो सवालमा निर्बाचन गराएर उदाहरणीय काम गरेका छन् । उनले आफ्नो पार्टीलाई वामहरुले हराउँदैछन् भन्ने बुझ्दाबुझदै पनि मुलुकको संवैधानिक संकट टार्न उनले निर्वाचन गरिछाडे । उनले अहिले भन्न थालेका छन्, कांग्रेसले हारेपनि देशले जितेको छ, नेपाली जनताले यस सवालमा भने नेपली काँग्रेस र प्रधानमन्त्री देउवालाई धन्यबाद दिनैपर्छ, जनताले गर्ब गर्नैपर्र्छ ।

अबको राजनीतिक यात्रामा कांग्रेसको सहयोगविना संविधान कार्यान्वयनको यात्रा असम्भवः छ, उही पार्टी अहिले सानो घेरामा खुम्चिन पुगेको छ । सरकार निर्माणको अंकगणितमा सानो दलको रुपमा देखिएपनि कांग्रेस मुलूकभर ठूलो र बृहत संगठन भएको एतिहासिक दल हो । एमाले–माओवादी केन्द्र लगायतका दलहरुले संसदमा अनावश्यक राजनीतिक हर्कत गरेमा उसले सडकबाटै सदन र सरकारलाई प्रभावित पारिदिनसक्छ, कााग्रेस अन्तराष्ट्रिय रंगमञ्चमा बिश्वास जमाईसकेको पार्टी हो । त्यसैले पनि एमाले र त्यसको नेतृत्व गरेका ओलीलाई अबको यात्रा सहज हुने देखिदैन । बरु माओवादी केन्द्र र पुष्पकमल दाहालमाथि ओलीले विश्वासघात गर्न सक्ने परिस्थिति निर्माण हुन सक्ने सम्भावना नजिकै देखिदैछ । त्यतिमात्र होइन, नेपाली कांग्रेसलाई प्राप्त राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिको समर्थनले समेत उसलाई थप बलियो बनाउँदै लैजाने परिस्थिति निर्माण हुनसक्छ । भारतसँग एमाले र त्यसको नेतृत्वको राम्रो सम्बन्ध छैन । ओली र दाहालको चीनतर्फको सामिप्यताले भारत दैनिक चिढिदै आएको छ । यही बेला ती दुई पार्टीको मिलेमत्तोमा कांग्रेस हार्नुलाई भारत, अमेरिका लगायतका शक्ति राष्ट्रहरुले नजिकैबाट नियालिरहेका छन् । नेपालमा कम्युनिष्टहरको प्रभाव परेको हेर्न नचाहने यी दुई शक्ति राष्ट्रसँगै अरु देश र शक्ति केन्द्रहरुले समेत कांग्रेसलाई समर्थन बढिरहेको छ । त्यो बेला एमाले–माओवादीबीचको समीकरण तोडिने मात्र होइन, सरकार र सत्ता समीकरणनै बदलिने सम्भावना नजिकै छ । यसले मुलुकमा राजनीतिक स्थायित्व होइन, असन्तुलन ल्याइदिन सक्ने राजनीतिक विश्लेषकहरुले आशंका गर्न थालेका छन् ।

पछिल्लो समयमा पूर्ब राजा ज्ञानेन्द्रले आफ्नो सकृयता देखाउन थालेका छन्, काँग्रेसलाई अन्तराष्ट्रिय शक्ती केन्द्रहरुले प्रयोग गरेर भारतसंग समेत पुरानो सम्बन्ध भएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाउने प्रबल सम्भाबना देखिन्छ ।
माओबादी अध्यक्ष दहालले समेत के बुझेका छन् भने अब बन्ने सरकार पाँच बर्षको हुन्छ, र यो उनको माओबादी केन्द्रलाई बलियो बनाउने बलियो अस्त्र समेत हो, त्यसैले उनले काँग्रेस, मधेशबादी दल र अन्तराष्ट्रिय समर्थनलाई आत्मासाथ गर्दै आफ्नोे पार्टीलाई बलियो बनाउने शुभकार्यबाट पछि हट्ने छैनन् । एमालेले प्रधानमन्त्री वा पार्टी अध्यक्ष दिएको खण्डमा भने उनी बाम गठबन्धनबाट नै प्रधानमन्त्री बन्नेछन् तर त्यो सम्भाबना देखिदैन ।