पर्यटन/संस्कृति

बुद्ध एयरले पोखरा–नेपालगञ्ज उडान भर्ने

काठमाण्डौ । बुद्ध एयरलाइन्सले पोखराबाट नेपालगञ्ज हवाई सेवा सुरु गर्ने जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै अगामी वैशाख १ गतेबाट उक्त सेवा सुचारु गर्ने जनाएको छ ।

बुद्ध एयरले हाल काठमाण्डौबाट पोखरासम्म मात्र हवाई उडान भर्दै आएकोमा अब पोखराबाट नेपालगञ्जसमेत उडान भर्ने छ । विशेषगरी मानसरोवर जाने भारतीय पर्यटकहरुलाई सुविधा पुगोस् भनेर उक्त सेवा दिइएको कम्पनीले जनाएको छ ।

‘विशेष गरी पोखरा आइपुगेका भारतीय पर्यटक सहज तरिकाले सित्त तिब्बतको मानसरोवर जान सकुन् भन्ने उदेश्यले पोखरा–नेपालगन्ज उडान सुरु गर्न लागेका हौं’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पर्यटक पोखरा जान चाहन्छन् र मानसरोवर पनि जान चाहन्छन् तर स्थलमार्गबाट लामो दुरी पर्ने र यात्रा कष्टकर ह’ने गरेका कारण पोखरा–नेपालगञ्ज उडान गर्न लागेका हौं ।’