पु.समाचार

पूर्वमन्त्री कण्डेलको पहलमा अपहरणमा परेका बालकको उद्धार

नवलपरासी । नवलपरासी नेपाली कांग्रेसका युवा नेता एवंम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको बिशेष पहलमा अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीवार भारत उत्तर प्रदेश ठुठिबारी बाट १करोड फिरौती माग रकम सहित अपहरणमा परेका ७ बर्षिय बालक आयुस निगमको सकुसल उद्धार भएको हो ।

बालकको सकुसल उद्धारकालागी पुर्व गृह राज्य मन्त्री एवंम् प्रतिनिधी सभा सदस्य देबेन्द्रराज कण्डेलले नेपाल र भारत दुबै क्षेत्रका सबै सुरक्ष्ााँर्मीहरुसँग समन्वय गरेपछि सो बालकको सकुशल उद्धार गरिएको छ ।

ठुठीवारीका कपडा ब्यवसायी बबलू निगमका ७ बर्षिय छोरा आयुस निगम ठुठीबारी बजार बाट अपहरणमा परेका थिए । कण्डेलको पहलमा नेपाल प्रहरी तथा भारतिय सुरक्षाकर्मी को विशेष सहयोगमा नेपालसँग सिमा जोडिएको बिहार राज्य को वाल्मीकि नगर जङ्गल क्षेत्र बाट बालकको उद्धार भएको गरिएको हो ।

ठूठीबारीमा रहेको राधाकुमार ईन्टल कलेजको प्रबन्ध सन्चालक समेत रहेका कण्डेलले बालकको अपहरण भएको थाहापाएपछि आफ्नो दायीत्व महशुस गरी दुबै क्ष्ँेत्रका माथिलो तहका सुरक्षा अधिकारी सँग समन्वय गरी बालकको सकुसल उद्धार गर्न मद्दत गरेको कण्डेलले जानकारी दिए ।

यसैबीच भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ ठुठीबारी बजारबाट अपहरण गरिएको एक बालकको सकुशल उद्धार गरि अपहरणकारीलाई नियन्त्रणमा लिइएको छ ।

नेपाल भारतको सिमावर्ति बजार ठुठीबारीको ठुलो व्यपारी बब्लु निगमको ९ बर्षिय नाबालक छोरा आयुस निगमको प्रहरीले विहारको टंकीबजारबाट अपहरणकारीहरुलाई नियन्त्रणमा लिदै बालकको उद्धार गरेको हो । भारतको पुलिस डिपार्टमेन्ट स्कवाईट टिमका प्रभारी दिलिप सिंह, ठुबारीका कोतवाल बृजनन्दन सिंह र नेपालको प्रहरीको संयुक्त टिमले ति अपहरणकारीहरुलाई नियन्त्रणमा लिदै बालकको उद्धार गरेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनयी त्रिवेणी गाउंपालिका रानीनगर निवासी निरज श्रेष्ठ, भारतको विहार प्रदेश बालमिकि नगर राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरि अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले बताए । बालक आयुस निगम गत विहिवार दिउसो ठुठीबारी बजारबाटै गायब भएका थिए । बालकलाई अपरिचित व्यक्तिले आफनो मोटरसाईकलमा चढाई अपहरण गरेपछि पिडित पक्षको घरपरिवार र ठुठीबारी बजारमा हल्ला भएको थियो ।

बालक अपहरणमा परेपछि बालकको बुवा बब्लु निगमसंग १ करोड नेपाली रुपियाको डिमांड भएकोे थियो । बालकलाई अपहरण गरि नेपालको भुमी हुदै भारतको विहार राज्यको भैसालोट क्षेत्रमा लुकाइएको थियो । भनिएछ कि व्यपारी बब्लु निगम संग १ करोड रुपिया माग गर्दै बालकलाई फिर्ता गर्ने अपहरणकारीको डिमांड आएपछि नेपाल भारतको प्रहरीले संयुक्त रुपमा यस घटनाको अनुसन्धान गरिरहेको थियो ।

दुबै पक्षका प्रहरीले विभिन्न सुराकी अपनाउदै अपहरणकारीको खोज तलास गर्ने र अपहरणकारी समुहलाई नियन्त्रणमा लिन विभिन्न शुत्र प्रयोग गरिरहेका थिए । पिडित पक्षले अपहरणकारी समुहको धम्कीले घटनालाई लुकाउन खोजेपनि प्रहरीको अनुसन्धान भने जारी नै थियो । बालक अपहरण भएपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले यस घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिई सोधपुछ गरिहेको थियो ।

बालकलाई अपहरण गरेको उक्त समुहले टंकी बजारमा २ करोड रुपिया लिएर बालकका बुवा बब्लुलाई बोलाएका थिए । व्यपारी बब्लुले अपहरणकारीलाई डिमांड रकम दिने र बालक लिने क्रममा दुबै पक्षको प्रहरीले संयुक्त रुपमा ति अपहरणकारीलाई नियन्त्रण लिइएका थिए ।

व्यापारी बब्लु निगम ठुठीबारीको सबै भन्दा ठुलो व्यपारी हुन् । बब्लु आफनै निवासमा कालिका बस्त्रालय खोली व्यपार गर्दै आएका छन् । उनी भारु र नेपाली रकमको बट्टा लिई साटासाट गर्ने कारोबार पनि गर्दै आएका छन् । यसै व्यपारबाट उनी करोडौं रकम कमाएको स्थानयि दावी गर्छन । उनको सम्पत्ति र कमाई देखेरै उनको छोरो आयुसलाई अपहरण गरिएको हुन सक्ने स्थानियको अनुमान छ ।