पु.समाचार

‘रअ’ मा जागिर लगाइदिने भन्दै नक्कली नियुक्ती पत्र दिने यसरी परे प्रहरीको फन्दामा

काठमाण्डौ । भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ मा भर्ना गर्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीका रमाकान्त नौनियालाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले आइतबार कलंकीबाट पक्रेको हो । रमाकान्तले केही महिनादेखि २ सय २० जनाभन्दा बढी मानिसलाई ‘रअ’ मा जागिर लगाइदिने भन्दै रकम लिने गरेका थिए । उनले नक्कली लेटर प्याड बनाएर नियुक्ति पत्र समेत दिने गरेका थिए ।

नियुक्ति पत्र पाएको लामो समयसम्म पनि जागिरमा लगाएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएको आधारमा रमाकान्तलाई आइतबार प्रहरीले पक्रेको गरेको हो । महाशाखाले रमाकान्तलाई केही सातादेखि खोजी गरिरहेको थियो । उनले ‘रअ’मा जागिर लगाउने भन्दै एक जनाबाट २ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म लिएको खुलेको छ ।