अन्तर्राष्ट्रिय

शान्ति वार्तामा सहभागी थिएनौँः तालिबान

काबुल । आफगानिस्तानको तालिबान लडाकू समूहले हालै टर्कीमा भएको भनिएको एक शान्ति वार्तामा आफूहरु सहभागी भएको भन्ने समाचारको खण्डन गरेको छ ।

टर्कीमा भएको वार्तामा आफूहरु सहभागी नभएको तालिवान श्रोतले आईतबार जानकारी दिएको हो ।

तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिन्डले आइतबार जारी गरेको अनलाईन वक्तव्यमा भनेका छन्, ‘टर्कीमा भएको भनिएको वार्तामा हामी सहभागी भएको भनेर आएको समाचार अधारहीन हो’ ।

हामीले न कुनै प्रतिनिधि पठाएको छौं, न कुनै प्रतिनिधि इस्लामिक ईमिरेट्सका तर्फबाट सहभागी भएका छन्– सो वक्तव्यमा भनिएको छ ।

आफूहरुलाई कमजोर पार्नका लागि गलत प्रचार गरिएको हुनसक्ने निष्कर्ष तालिबानले निकालेको प िसो विज्ञिप्तिमा जनाइएको छ ।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुले इस्तानबुलमा भएको वार्तामा तालिवान लडाकूहरु सहभागी भएको समाचार आईतबार प्रकाशित गरेका थिए ।