प्रवास

मानव वेचविखन विरुद्ध लड्न नेपाललाई अमेरिकाले दियो ९१ करोड

काठमाण्डौ । मानव वेचविखन विरुद्ध लड्न संयुक्त राज्य अमेरिकाले नेपाललाई ९१ करोड रुपैयाँ सहयोग गरेको छ ।

मानव वेचविखन विरुद्ध लड्न नेपाल सरकारलाई उक्त रकम सहयोग गरिएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासका अनुसार चार सय २९ जना मानव तस्कर पक्रिएको र ९६ जना मान तस्कर विरुद्ध बेचविखनको मुद्धा लगाई टुंगोमा पुर्याए वाफत नेपाललाई उक्त रकम प्रदान गरिएको हो ।

त्यस्तै वेचविखनमा पर्नबाट जोगिएका आठ सय १० जनालाई पनि अमेरिकाले सहयोग गरेको दूतावासले जनाएको छ ।

विश्वर कबिर दुई करोड ५० लाख मान बेचविखनको शिकार भएको बताइन्छ ।