पु.समाचार

चार लाख नगदसहित २७ जुवाडे पक्राउ

काठमाण्डौ । शनिबार राति प्रहरीले राजधानीबाट २७ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत दरवारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल ल्याण्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दुई महिला २५ जना पुरुष रहेका छन् । प्रहरीले उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, सय डलर सहित १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ ।