खेलकुद

१२औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल सुरु, नेपालद्वारा भुटान पराजित

काठमाण्डौ । १२औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल शनिबार पोखरामा सुरु भएको छ ।

तालबाराही घाटस्थित मैदानमाभएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई पराजित गर्दै सुखद सुरुवात गरको छ । नेपालले भुटानलाई ४ – ० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि म्यानअफदिम्याच सुनिल वि.क.ले खेलको पहिलो हाफको ९औं र २४औं मिनटमा गोल गर्दै खेललाई नेपालको पक्षमा पारेका थिए ।

खेललाई आफ्नो पक्षमा पार्न निकै संघर्ष गरि रहेको भुटानमाथी नेपालका सुशिल लामाले ४२ औं मिनेटमा गोल गर्दै गोल अन्तरलाई बढाए । उनले पुनः ४८ औं मिनटमा थपगोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

अर्को खेलमा बंगलादेशले माल्दिभ्समाथी ठुलो गोल अन्तरले विजय पायो । एक पक्षिय खेलमा बंगलादेशले मालदिभ्सलाई १६ – ० गोल अन्तरले पराजित ग¥यो । बंगलादेशका लागि अश्रफुलले एक्लैले ६ गोल गरे । यस्तै उज्जरले ५, तुहिन र कप्तान स्टेफानहकले समान २ र मिसुले एक गोल गरे ।

प्रतियोगिताको प्रमुख अतिथीप्रतिनिधी सभाका नवनिर्वाचित सांसद राजीव पहाडीले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । कार्यक्रममा बिशेष अतिथीको रुपमा सोलुखुम्बु जिल्लाप्रदेश सभा २ का सांसद बुद्धिबहादुर राजभण्डारीको पनिउपस्थिती रहेको थियो ।
यस अघि नेपालले २००६ मा सातौं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो ।

२०१० माश्रीलङकामा आयोजना भएको प्रतियोगितामा नेपाल च्याम्पियन भएको थियो भने बंगलादेशमा आयोजना भएको ११ औं संस्करणमा नेपालले सहभागिता नजनाएको महासचिव डि.बि. नेपालीले जानकारी गराए ।

प्रतियोगितामा नेपाल सहित सार्क राष्ट्रका श्रीलङकाबाहेको उपस्थिती रहेको छ । नेपाल सम्मिलित समूहमा भारत र भुटान रहेका छन् ।