सूचना प्रविधि

एनसेल मेला २०७४ भव्यरुपमा सम्पन्न

काठमाडौं । एनसेलले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेल, ललितपुरमा आयोजनापश्चात बिट मारेको छ । ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिकहँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभवप्रदानगर्न, कम्पनीले पोखरा, विराटनगर र ललितपुरमा एनसेल मेला आयोजना गरेको हो ।

तीनै शहरहरुमा हजारौँको संख्यामादर्शक तथा आगन्तुकहरुले सहभागिताजनाई गीत-संगीत, फोरजीथिममा आधारित गेमहरु लगायत विविध क्रियाकलावहरुबाट भरपुर मनोरञ्जन लिएका छन् । एनसेल मेला पुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा, पुष १५ गते विराटनगरको हाटखोलामा र पुष २९ गते ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकहरुको भरपुर मनोरञ्जनकालागि प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजीथिममा आधारित विभिन्न गेमहरु, किड्स जोन, जादु र फुड स्टलहरु लगायतविविध रोचकक्रियाकलापहरु समावेश गरिएका थिए ।

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु जस्तै शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । दर्शकहरुले उनीहरुको प्रस्तुतिसँगै नाच्दै झुमेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामा आकर्षण थपिएको थियो ।
“एनसेल मेला २०७४ मा उत्साहजनक रुपमा सहभागीभई मेलालाई सफलबनाउनु भएकोमा हामी हाम्रा सबै ग्राहक तथा शुभचिन्तकहरु प्रति आभारी छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “जुन उत्सुकताका साथ मेलामा आगन्तुकहरुले देशको २१ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको परिक्षण तथा अनुभव लिनु भयो यसले हामीलाई थप उर्जा दिएको छ । डिजिटल नेपालको भिजनमा योगदान पुर्याउदै अझ धेरै नेपालीहरुलाई मोवाइल ब्रोडब्याण्डले ल्याउने अवसरहरुसँग जोड्न एनसेल प्रतिबद्ध छ ।”

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका थिए । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणको मजा लिएका थिए । स(सानाबालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा जुनियर सिङ्गिङ्ग आइडल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकहरुले फोरजी थिममा आधारित विभिन्न आकर्षण गेमहरु जस्तै पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस खेलेर मनोरञ्जन लिएका थिए । त्यसैगरी मेलामाअन्य गेमहरु फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहेका थिए । आगन्तुकहरुले विभिन्न गेम स्टलहरुमा पुरस्कारहरु पनिजित्न सफलभएकाथिए ।

एनसेल मेला २०७४ पुष २२ गते बुटबलमा पनिआयोजनागर्ने कार्यक्रम रहेको थियो । यद्यपिविषेश परिस्थितीका कारण कम्पनीले सो कार्यक्रम रद्द गर्नुपरेको थियो ।