आर्थिक

‘सेल्वयज, हजारमा दुई अफर’ का बिजेताहरुको नाम घोषणा

काठमाण्डौ । बडा दशै, शुभ तिहार र छठको अबसरमा सेल्सबेरीले संचालनमा ल्याएको ‘हजारमा हुई अफर’ बिजेताहरु नाम घोषणा गरेको छ ।
कम्पनीले शो अबरसरमा हरेक १००० सम्मको खरिदमा ग्राहकलाई एउटा आकर्षक गिफ्ट ह्रयाम्पर र भाग्यशाली एक ग्राहकलाई टिभिएस विगो स्कुटर बम्पर उपहारमा प्रदान गर्ने घोषणा गरेको थियो ।

यो योजना सेल्सबेरीको उपत्यकाका सबै आउटलेट र उपत्यका बाहिर धरानमा रहेको आउटलटेमा समेत उपलब्ध रहेको थियो ।

यो योजनामा १ लाख ५० हजारभन्दा बढि ग्राहकले सहभागिता जनाएका थिए । सबै ठाँउमा संकलन भएको कुपनलाई जम्मागरि लक्की ड्र मार्फत ५ जना भाग्यशाली बिजेताको छनोट भएका छन् । उक्त बिजेताहरुको नाम विभिन्न आउटलेटहरुमा जनमानस अगाडी लक्की ड्र मार्फत गरेको थियो । सबै बिजेताहरुको नाम जगदम्बा मोटरसको अधिकारिक फेसबुक पेजबाट घोषणा गरेको छ ।
यी ५ बिजेताले टिभिएस विगो स्कुटर प्राप्त गरेका छन् ।

यी हुन् ५ भाग्यमानी बिजेताहरु

सातदोबाटो ब्रान्च : संयम पाठक
लगनखेल ब्रान्च : संगिता रावत
सितापाईला ब्रान्च: सिद्धार्थ रिमाल
महाराजगंज ब्रान्च: फराह शाह
हात्तिगौडा ब्रान्चः बबिता शर्मा