राजनीति

एमाले नेताले कांग्रेसमाथि लगाए यस्ता आरोप, के भने ?

दोलखा । एमाले नेता सुवासचन्द्र नेम्वाङ्गले कांग्रेसमाथि सरकार सत्ता हस्तान्तरण नगर्ने र वाम गठबन्धन टुटाउने खेलमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको उनले बताए ।

दोलखाबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सुनाए, ‘प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलाउनुस्, हाम्रो समर्थन छ भन्नुभयो । एक जना नेताले वामपन्थी गठबन्धन नटुटाई छाड्दै छाड्दिनँ भन्नुभयो । अहिले आएर प्रधानमन्त्रीले नेपालमा जे पनि हुनसक्छ, सरकार बन्छ, एमाले बाहेक अरुको पनिबन्नसक्छ भन्नुभयो ।’

अघि भने, यो भनेको पारी चितुवा करायो, बारी सिगारी हरायो भयो कि भएन रु उहाँहरु सरकार हस्तान्तरण नगर्ने र बाम गठबन्धन टुटाउनेतर्फ लागेको त होइन रु’

नेता नेम्वाङले वाम गठबन्धन जनताबाट अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाए ।

एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किएपछि थप कार्यदल बन्ने र पार्टी एकता हुने उनले बताए ।