मनोरञ्जन

युवतीको मन लामोतिर !

एजेन्सी । वर्माको कारेन आदिवासी समुदायका महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् । यिनीहरुको घाँटी ४० सेमी (१५.७५ इञ्च) सम्म लामो पाइएको छ ।

उक्त समुलायका महिलाले पाँच वर्षको उमेरदेखि तामाको रिङ राखेर घाँटीलाई तन्काउँदै लाने गर्छन् । पछि घाँटी यति लामो हुन्छ कि रिङबिना टाउकोको भार शरीरले थाम्नै नसक्ने अवस्थामा पुग्छ ।

त्यसैले यौनकाण्डमा परेका स्त्रीलाई रिङबिना हिँड्ने सजाय दिइन्छ । आजकल धेरै कोणबाट यो प्रथाको विरोध शुरु भएको छ । तथापी पर्यटकलाई आकर्षित गर्न भन्दै यसो गर्नेको संख्या अहिले पनि कम नभएको बताइन्छ ।