मनोरञ्जन

सलमान खान र सोनाक्षी सिन्हा नेपाल आउने पक्का, मिति नै तोकियो

काठमाण्डौ । अभिनेता सलमान खान सांगीतिक कार्यक्रम ‘दबंग द टुर’ अअन्तर्गत नेपाल आउन पक्रका भएको बताइएको छ । यसअघि सलमान नेपाल आउने चर्चा भएपनि निश्चित भने भएको थिएन ।

सलमान खान आफैले ‘टाइगर जिन्दा है’ बारे बलिउड हंगामासँग कुरा गर्दै दबंग द टुर मा नेपाल पनि सेड्युलमा रहेको बताएका हुन् ।

सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् । उनी मार्च ९ को बिहान काठमाण्डौ आइपुग्ने कार्यक्रम रहेको छ ।

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको लागि सलमान मार्च ९ मा नेपाल आउने सलमान तीन दिन नेपाल बस्नेछन् । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् ।

सलमानसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् । कन्र्सटमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिने भएका छन् । उनले करिब ३ घण्टा स्टेजमा बिताउने आयोजकले जनाए ।

‘दबंग द टुर’ मार्च १० अर्थात फागुन २६ मा टुडिखेलमा हुनेछ । मार्च १० मा हुने कार्यक्रमको लागि १२ बजेबाट नै गेट खुल्ला गरिने बताइएको छ । सलमान साढे ६ बजे स्टेजमा देखा पर्ने छन् ।