पु.समाचार

गोविन्द केसीको चेतावनीः प्रधानन्यायाधीशले राजीनामा नदिए फेरि अनशन बस्छु

काठमाण्डौ । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

शनिबार अनसन तोडेपछि डा. केसीले निश्पक्ष छानविनका लागि पराजुलीले राजीनामा दिनु पर्ने बताए । ‘पराजुली, जो महाभ्रष्ट, अपराधी र माफिया हुन् । म त्यसको विरुद्ध लडेको हुँ र अहिले पनि लडिराख्छु’, उनले भनेका छन् ।

उनले अघि भने, ‘जबसम्म प्रधानन्यायाधीश पदबाट हट्दैनन्, राजीनामा दिएर वा के गरेर होस्, त्यो छानविन निश्पक्ष हुन सक्दैन । निश्पक्ष नहुँदासम्म अदालतको मर्यादा गिर्छ । अदालतप्रति जुन विश्वास छ, त्यो रहँदैन ।’

अदालतको मर्यादा कायम राख्न पनि पराजुलीले राजीनामा दिनु पर्ने उनले बताए । डा. केसीले भने, दिँदैनन् भने म फेरि सत्याग्रहसहित आन्दोलन सुरु गर्छु ।’