साहित्य

मेरो माया बुझिदेउ राजु, प्लिज !

काठमाण्डौ । भन्छन् उमेरसँगै बैंस पनि र्भभराउँदो रहेछ जब मैले तिमिलाई क्याम्पस पढ्न जाँदा क्लासमा देंखें तबदेखि मेरो मन बेचैन हुन थालेको छ । तिमिलाई म आफ्नो प्राण भन्दा पनि धेरै माया गर्छु । राजु तिमि मेरो मनमा बसेको छा्रैं हरपल हरक्षण । तिमिलाई देखेदेखि मेरो मनमा अर्कै अर्कै कुराहरु खेल्न थाल्छन् । तर पनि तिमि मलाई वास्ता गर्दैनौं त्यसैले पनि एकदमै बेचैन भइरहेकी हुन्छु । सायद मितिले बुझ्नै पर्छ मेरो मायालाई राजु सधैंभरी म तिमिलाई हेरिरहन्छु तर तिमी मलाई वास्ता नै गर्दैनौ किन ? मलाई मेरो बाबाले बेंसिशहरमा नबस तिमी भरतपुरमा पढ् भन्दा पनि मैले तिमी सँगै (बेंसिशहर) पढ्ने मन गरे त्यही भएर बाबाले मलाई यही कलेजमा भर्ना गरिदिनुभयो ।

खासमा मेरो बाबाको जागीर भरतपुरमा भएकोले उहाँलाई त्यँहा राखेर मलाई पढाउँदा सहज हुन्थ्यो होला तर म एकदिन मेरो साथी शीलासँग कलेज घुम्न आउँदा क्लास लिने मौका पाए त्यही तिमिलाई देखेपछि मैले तिमिसँग पढ्ने निधो गरें । म त्यँहा पढ्नको कारण जब तिमीलाई मैले देखें पछिको हो कीनकी मैले तिमीसँग जीवन बिताउने हजारौ सपनाहरु बुनिसकेकी छु । कारण यो हो कि म तिमीलाई हृदयदेखि नै माया गर्छुृृ । मलाई तिमिले माया गर्छौ या गदैनौ त्यो त मलाई थाहा छैन तर पनि मेरो माया स्वीकार गर्छौ भन्ने मैले एउटा झिनो आशा राखेकी छ ।

राजु मेरो माया स्वीकार गर म तिम्रो मायाको प्यासि भएकी छु । म तिमी सँग एक जुनि त के हजारौहजार जुनि सम्मपनि तिम्रो साथमा साथ र हातमा हात दिन सक्छु मात्र मलाई जिवनभर साथ दिन सक्छौ भने जति नै सुकै वाधा अड्चन ,आधीहुरी नै किन नआओस सधैभरी म तिम्रो सामिप्य सदा खडा हुनेछु । राजु माया के हो मलार्इ पनि थाहा थिएन तर हाम्रो भेट पछि थाहा पाए माया एक नजर , एक विश्वास हो जुन मैले हाम्रो भेटमा महशुस गरेकी छु । मायामा मान्छेहरm पागल हुन्छन् भन्ने लाग्थ्यो माया एउटा काहावत् हो तर म गलत थिए भन्छन नि सवैलाई एकदिन परेपछि थाहा हुन्छ भनेर त्यहि कहावत्लाइ आज म हाम्रो मायाको मिठास आवाश दिन चाहन्छु । रिजन म हाम्रो मायाको गहिराईमा डुब्न चाहन्छु, अनि खुला आकाशमुनि तिम्रो मायामा रम्ने मन छ मायाको कुनै यस्तो फुलबारी होस् जहाँ माया देखेर फुलहरmले पनि इष्र्या गरुन ।

पिरतीले नै बसाउँछ घरवार भन्छन् माया पिरतीले नै सजाउँछ संसार यहि संसारमा केवल तिमीसँग रम्ने मन छ । मायामा माया गर्ने प्रेमीहरm कति खुशी हुन्छन् जस्तै मुनामदन ,लेलामज्नु । हाम्रो माया पनि यति नै धेरै गाढा होस्कि सबैको एउटा उदाहरण बनोस् अनि भनुन आफ्नो प्रेमीले प्रेमिकालाई सानु तिमी पनि मलाइ रिजन र जिनाको जस्तै माया गर न ल…तिमी मलाई धेरै माया गर रिसाए पनि धेरै नरिसाउनु तिमी जति रिसाउन त सक्छु तर केहि कारण हामी अलग हुनुपर्यो भने त्यो पल म सहन नसकुँला । माया लगाउनु त चोखो, स्वच्छ अनि सफा मनले गरेको माया पो माया अरु त सबै घामछायाँ मतलब यो हैनकि अरुको माया माया हैन माया त्यस्तो चिज हो जुन विना यो संसार नै अधुरो हुन्छ माया एक अटुट बन्धन हो ।

माया छ र त यो संसार छ भने जस्तै तिमी छौ र त म छु र हामी छौ र यो सारा संसार छ । न गुन गरेर मान्छे आफ्नो बन्छ न सुन दलेर मुर्ति भगवान् बन्छ मनले माया गरेर हेर कुनैदिन दुश्मन पनि आफ्नो बन्छ । मायामा कहिले मिलन कहिले विछोड कहिले हाँसो त कहिले रोदन हुन्छ र त जिवन जिउनुको आधार छ । माया कहिले खुशिको आशा कहिले दुखको निराशा कहिले गुमाएर केहि पाउने आशा सायद यहि हो जिन्दगीको परिभाषा । सम्झनामा मुस्कुराउनु पनि माया हो यो कुरा सबैसँग लुकाउनु पनि माया हो त्यसकारण रातमा निन्द्रा नलाग्नु पनि माया हो माया एक विश्वाश हो माया एक ताकत हो जसले सारा दुनियाँसँग लड्ने हिम्मत दिन्छ ।

भन्छन् मायाको अगाडि सारा संसार पनि झुक्छ मायामा एक पटक घात भएपछि फेरि माया लगाउन गाह्रो हुन्छ किनकी पहिलो माया भुल्न गाह्रो हुन्छ । पहिलो माया एउटा शुरुवात हो पहिलो माया तोड्नु भनेको कसैको दिल दुखाउनु हो । माया गरिसकेपछि मायाको कदर गर्न सक्नुपर्छ । मायाले पागल मान्छेलाई पनि सज्जन बनाउँछ । यो होइन कि मायाले विभिन्न रोगहरु पनि निको हुन्छ । संसारमा मायाले नै रुवाउँछ त मायाले नै हसाउँछ पनि यो संसार नै अनौठो छ हामी परिचित भएर पनि अझै अपरिचित बनाउँछ ।