पु.समाचार

नाट्टाको अध्यक्षमा सिएन पाण्डे निर्वाचित

काठमाण्डौ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् ।

शुक्रबार भएको नाट्टाको ५१ औँ साधारणसभामा भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी दीपेन्द्रकुमार शर्मालाई छ मतान्तरले पछि पादै पाण्डे विजयी भएका हुन् ।

कूल चार सय २० मत खसेकामा पाण्डेले दुई सय १२ र शर्माले दुई सय छ ६ मत प्राप्त गरेका छन् । नाट्टाका चार सय ६७ मतदातामध्ये निर्वाचनमा चार सय २० जनाले मतदान गरेका थिए ।

समितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएका निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टाको भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छ ।