आर्थिक

एनआईसी एशियाम्यूचुअल फण्डको विक्रीखुल्ला माघ २ बाट

काठमाडौं । एनआईसी एशिया क्यापिटले व्यवस्थापन गरेको एनआई सी एशियाग्रोथ फण्ड यहीमिति २०७४ माघ २ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ
औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रति आर्कषण बढदै गहिरहेको छ । उक्तम्यूचुअल फण्डले औषतबार्षिक रुपमान्यूनतम् १६ प्रतिशत सम्म नगद लाभाँश दिने अपेक्षा एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफलपहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको बताएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्तहुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाईधनिहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ ।

एनआई सी एशिया क्यापिटलले यो योजनाका इकाईहरु यही माघ २ गते, मंगलबार देखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार १ अरव रुपैयाको रहेको छ । जस मध्ये सो को १५ प्रतिशतअर्थात १ करोड ५० लाखइकाई कोष प्रवद्धक एनआई सी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाखइकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुकालागि बिक्री गरिनेछ । यो योजन छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्मखरिद गर्नकालागि आवेदनगर्न सकिनेछन । उक्त इकाईहरु नेपाल स्टक एकस्चेन्जलि.मा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्रीगर्ने व्यवस्था मिलाईने कुरा प्रमुखकार्यकारी अधिकृत ढुङ्गेलले बताऐ ।