राजनीति

खड्का भन्छन्, ‘श्रुतिकी छोरीलाई राजा बनाएर भएपनि राजतन्त्र फर्काउनुपर्छ’

काठमाण्डौ । नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा गैसकेको अवस्थामा अहिलेपनि केहि राजनीतिक दल र समुहहरु भने राजसंस्था फर्काउनुपर्ने भन्दै समयसमयमा अभियान र आन्दोलन चल्दै आइरहेको छ । राजाहरुको श्राद्ध गर्ने र राजाको भजन लेखिएका कपडा लगाएर हिँड्ने राजावादी लक्ष्मण खड्कालाई नचिन्ने प्राय कमै होलान्। बिगत लामो समयदेखि राजसस्था पुनर्स्थापनाको माग गर्दै आएका लक्ष्मण खड्का वीर नेपालीहरुले राजसंस्था फर्काउने दावी गर्छन्।

पृथ्वी जयन्तिको अवसरमा बिहिबार सिंहदरबारमा अवस्थित शालिकमा माल्यार्पण गराउने कार्यक्रममा उपस्थित खड्काले गणतन्त्र नेपालका प्रधानमन्त्री र राष्ट्रपति ले राजाको सम्मान गर्ने अवसर गुमाइसकेको बताए। नेपालको खलासीको रुपमा पनि परिचित खड्काले श्रुतिको छोरीलाई राजसंस्था सुम्पिनुपर्ने बताएका छन। तत्कालिन अधिराजकुमारी श्रुति राजा बीरेन्द्रकी छोरी हुन् । उनी २०५८ को दरवार हत्याकाण्डमा मारिएकी थिइन्।

राजसंस्थालाई राजनीतिक मुद्धा बनाएर सत्ता स्वार्थमा लागेका झोले नेताहरुले गर्दा राजसंस्थाको अस्तित्व नै समाप्त भएको उनले बताए। जसरी पृथ्वीनारायण शाहको शालिकमा तोडफोड भयो त्यससमयमा समेत आफुले अंकमाल गरेर शालिक जोगाएको उनी बताउछन । पूर्वराजा ज्ञानेन्द्रले धर्म बिपरित गाईको मासु बेच्न उद्धत रहेको भन्दै उनले ज्ञानेन्द्रको समेत खुलेर बिरोध गरे।