शिक्षा

नेपालमै पहिलो दाबी गर्दै, इस्लिङटनले शुरु गर्यो रोजगार सहितको एमबिए

काठमाण्डौ । इस्लिङटन कलेजले अनुसन्धान रोजगार सहितको एमबिए शुरु गरेको छ । आज शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी एमबिएको कोर्ष शुरु गरेको हो । कलेजले चीन र थाइल्याण्डमा समेत अतिरिक्त समय अध्ययनको व्यवस्थासहित दुई वर्षे एमबिए कोर्ष शुरु गरेको हो । बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा चालु शैक्षिक सत्रदेखि एमबिए कोर्ष शुरुगर्ने भएको छ । उक्त कोर्ष अध्ययनपछि नेपाललगायत विश्वका कुनैपनि मुलुकमा व्यवसाय अध्ययन र अनुसन्धान गर्न सहयोग हुने कलेजले जनाएको छ ।

अनुसन्धानमा आधारित दुई वर्षेय कोर्ष अन्तर्गत नेपालबाट बिदेश निर्यात हुने र विदेशबाट नेपाल आयात हुने सामाग्रीको विषयमा सुक्ष्म अध्ययन गर्ने यो कोर्षको विशेषता हो । ब्यापारसंग सुक्ष्म अध्ययनगर्ने उदेश्यसहित नयाँ विषयको शुरु गरिएको कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले जानकारी दिए । हामीले नेपालको बैकिङ, अर्थ र व्यापारिक क्षेत्रको विषयमाअध्ययन गरी नेपालको व्यावसाय संचालन गर्न सहजताको लागि नयाँ कोर्षको शुरुवात गरेका हौ–उनले भने ।

देश र विदेशको सम्पुर्ण व्यावसायीक विषयको अध्ययन अनुसन्धानगर्न शुरु गरिएको एमबिए नेपालमा पहिलो हो । म्यानेजेरियल लेभलमा दुई वर्ष रोजगारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी संचालनगर्न लागिएको यो विषय विश्व प्रसिद्ध चीनको अलिवावा डट कम र युनिभर्सिटीअफ द थाइल्याण्ड चेम्बर अफकमर्शसंग सहकार्य गरिएको छ । पहिलो वर्ष लन्डन मेट्रोपोलिटियन युनिभर्सिटीको कोर्षसंगै चिनियाँ भाषाको एचएसके तेस्रो लेभलको भाषा सिक्नुपर्छ । भाषासंगै अलिवावा डट कमका विज्ञ र त्यससंग सम्बन्धीत विज्ञसंग तालिमको व्यवस्था गरिएको छ । नेपाल र विश्वको आयात र निर्यातको अवस्थाकस्तो छ, नेपालको बजार बिस्तारकालागिअन्यमुलुकसंग कसरी सम्भव छ लगायतका अनुशन्धानात्मक विषय सिक्ने चाहना यो कोर्षले पुरा गर्छ । चाइनामा अध्ययन सम्पन्न गरेपछि दुई साता थाइल्याण्डमा अध्ययन गर्नुपर्ने अतिरिक्त व्यवस्था यो कोर्षमा छ । ब्यापारमा फड्को मारिसकेको थाइल्याण्डको चेम्बरसंग विश्वकै ब्यापारको विषयमा अध्ययनगर्ने अवसर मिल्नेछ । एकेडेमिक पेपर, विजनेस प्रपोजल, थेसिस बुझाउनुपर्दा अनुशन्धनात्मक विषयलाई केन्द्रीत गरिएको हुन्छ ।

“दुइवर्षिय कोर्ष पुरा गरिसके पछि नेपालमै रोजगारी सिर्जना गर्ने कि बिदेश जाने भन्ने विषय छनौट गर्ने अधिकार विद्यार्थीलाईनै हुन्छ । ‘दुई वर्ष लामो म्यानेजेरियल लेभलको रोजगारी गरेका विद्यार्थीलाई छनौट गरी अध्ययन गर्ने अवसर दिने भएकोले यो विषयको स्कोप विश्वमानै बढेर जाने अपेक्षा हामीले गरेका छौ”– कलेजका प्रमुख कार्यकारी निर्देशक बुढाथोकीले थपे । वास्तवमा जहाँसुकै ब्यापार व्यवसाय संचालन गर्न यो कोर्षले महत्वपुर्ण भुमिका खेल्नेछ भने ब्यापारी र उपभोक्ताको सम्बन्धको लागि यो कोर्षले पुलको रुपमा लिन सकिन्छ । करिब एक वर्षको लामो अध्ययनपछि बेलायतले यो कोर्ष संचालन गर्ने अनुमतिदिएको कलेजको दाबी छ । अनुसन्धानमा आधारित विषय भएकोले पहिलो वर्ष २० जना विद्यार्थीले मात्र यो कोर्षको अध्ययनगर्ने अवसर पाउनेछन् । यो कोर्ष अध्ययन गर्न ५ लाख ५० हजार र चीन र थाइल्याण्डमा अतिरिक्त कोर्ष अध्ययन गर्न करिब ८ लाख ५० हजार रुपिया लाग्छ । यो विषय त नेपालमै महत्वपुर्ण छ, विदेश गएर रोजगारी गर्न आवश्यकनै पर्दैन–उहाको धारणा थियो । विदेशी विश्वविद्यालयको सम्बन्धनमा विभिन्न कलेजले एमबिए अध्ययन गराएपछि नेपालमा यस्तो विषयले पहिलोेपटक प्रवेश पाएको हो । कार्यकारी निर्देशक बुढाथोकीले कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नै देशमा सेवा गरुन भन्ने उद्धेश्यले अनुशन्धानमा आधारित एमबिएको कोर्ष शुरु गरेको जानकारी दिनुभयो । विश्व विद्यालयको चाहना पनि यस्तै छ । बेलायत सरकारले नेपाल र नेपालीप्रति विश्वास गरेर नेपालमै बेलायती शिक्षा प्रदान गर्न दिइरहेको छ । हामी नेपालमै बेलायतको शिक्षा प्रदान गरिरहेका छौ”–बुढाथोकीले भने ।

२२ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययनगर्ने अवसर दिएको इस्लिङटनकलेजले स्थापनाकालदेखि हालसम्मकरिब ३ हजार विद्यार्थीले नेपाल लगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेकाछन् । सन् १९९६ माइन्फो मेटिक्स त्यसपछि सन् २०१० माइस्लिङटन कलेजको नामबाट स्थापितकलेजले सुचनाप्रविधि र व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको अध्यापन गराइरहेको छ ।
हल ककलेजमा बिबिए अन्तर्गत सुचना प्रविधिको तीनवर्षिय कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापनअन्तर्गत चार वर्षिय बिबिएमाइन्टरनेशनलविजनेस, फाइनान्स र मार्केटिङ विषयमा अध्ययनगर्न व्यवस्था छ ।

इस्लिङटनमा अध्ययनगर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेकाछन् । लन्डन मेट्रोपोलिटियन विश्वविद्यालकै सम्बन्धनमा पोखरामा इन्फोमेटिक्स, विराटनगरमा मेरिल्याण्ड र इटहरीमा इटहरी कलेज संचालितछन् । इस्लिङटनकलेजले आफ्नाविद्यार्थीलाइपढाईसंगै रोजगारीको समेत व्यवस्था गरेको छ । १ सय २५ शिक्षक र कर्मचारी कार्यरत रहेको इस्लिङटनमा अधिकांस शिक्षक सुचना प्रविधि क्षेत्रमादक्षछन् । ३ हजार ८ सयभन्दाबढीले ग्रयाजुएट भएकामध्ये अधिकांस विभिन्न नाम चलेका बैक, वित्तिय क्षेत्रका सुचना प्रविधिमा कामगरिरहेको कलेजका कार्यकारी निर्देशक बुढाथोकीको दाबी छ ।