पु.समाचार

जनप्रतिनिधि आएपछि पहिलोपटक न्यानो लुगा वितरण

डडेल्धुरा । स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका–४ मा वडा कार्यालयले विहिबार न्यानो लुगा वितरण गरेको छ । वडा कार्यालयको निर्णयअनुसार वडाध्यक्षले ४ नं का एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक अपांगता भएका मानिसलाई न्यानो लुगा वितरण गरेको वडाध्यक्ष चन्द्र बोहराले जानकारी गराएका छन्

केही दिनयता चिसो अत्यधिक बढेको र चिसोको असर विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, एकल महिला र अपांग मानिसलाई पर्ने भएकाले उनीहरुलाई चिसोबाट जोगाउनका लागि न्यानो लुगा वितरण गरेको अध्यक्ष बोहराले बताए। न्यानो लुगा वितरण कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, अपांग व्यक्तिलाई आलिताल गाउँपालिकाका प्रमुख बलबहादुर गुरुङको प्रमुख आतिथ्यमा वितरण गरिएको हो ।

न्यानो लुगा वितरण गर्दै गाउँपालिका प्रमुख गुरुङले चिसोका कारण कुनै पनि व्यक्तिले बिरामी हुनुपर्ने अवस्था आउन नदिन र विशेषगरी महिला तथा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई न्यानो पार्नका लागि कम्बल वितरण गरिएको बताए।

आलिताल गाउँपालिकाका ८० जना नागरिकलाई न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष बोहराले जानकारी गराए । डडेल्धुरामा जननिर्वाचित प्रतिनिधि आएपछि पहिलो पटक न्यानो लुगा वितरण गर्न थालिएको हो । परशुराम नगरपालिकामा पनि न्यानो लुगा वितरण गरिएको थियो