राजनीति

माओवादीका मन्त्रीले आजै सरकार छाड्ने !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट राजनीनामा दिने भएका छन् । एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रधाननम्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको मन्त्रालय खोसिदिएका थिए । तर निर्वाचन सुनिश्चित गर्न भन्दै माओवादी मन्त्रीहरु बिनाविभागीयकै हैसियतमा सरकारमा रहेका थिए ।

निर्वाचनअघि राजीनामा दिने तयारी गरे पनि माओवादीले सरकार छाड्दा चुनाव नहुने निष्कर्ष निकालेको थियो । तर प्रदेश सभा बैठकमा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि माओवादीले सरकार छाड्न लागेको हो ।

माओवादी मन्त्री महेन्द्रबहादुर शाहीले सरकार छोड्न लागेको पुष्टी गरे ।

मन्त्री गिरिराजमणी पोखरेलले प्रधानमन्त्रीलाई भेटेर माओवादीले सरकार छाडेको पत्र बुझाउने शाहीले जानकारी दिए ।